इन्द्रेणी संवाददाता
वुटवल, २७ साउन । लुम्बिनी प्रदेशको विशेष अधिवेशन आज बोलाइएको छ । प्रदेश प्रमुखले आह्वान गरेअनुसार अधिवेशनको तयारी सम्पन्न भइको छ ।
पटकपटक दर्ता गराए पनि टेबल हुन नसकेको अविश्वास प्रस्ताव लुम्बिनीमा प्रदेश प्रमुख परिवर्तन भएसँगै बुधबार टेबल हुन लागेको हो । चार महिनायता विपक्षी गठबन्धनमा रहेका दलहरूले मुख्यमन्त्री पोखरेलको सरकार अल्पमतमा रहेको दाबी गर्दै आएका छन् ।