इन्द्रेणी संवाददाता
काठमाडौं , २४ साउन। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । २ हजार २९ जना निको भएका छन् । पछिल्ला दिनमा कोरोना संक्रमतिको संख्या बढ्दै गएकाले मन्त्रालयले सचेत हुन सबैमा अनुरोध गरेको छ ।