इन्द्रेणी संवाददाता
काठमाडौं, २१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
त्यस्तै वितेको २४ घण्टामा कोरोना संक्रमणका कारण ३७ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ ।पछिल्लो केही दिनमा कोरोना संक्रमणको दर बढ्दै गएको छ ।