काठमाडौँ, २१ साउन । प्रदेश १ का १० अस्पतालका लागि ५० करोड २६ लाख ९१ हजार बजेट छुट्याइएकामा धनकुटा, खोटाङ र सोलुखुम्बुले प्रक्रिया नै अघि बढाउन सकेनन् ।
प्रदेश २ को गजेन्द्रनारायण सिंह अस्पतालमा प्लान्ट राख्न टेन्डर भइसक्यो तर उपकरण राख्ने ठाउँ छैन । प्लान्टका लागि भवन निर्माण अन्तिम अवस्थामा पुगेको मेडिकल सुपरिन्टेन्डेन्ट रञ्जित झाले बताए । वाग्मती प्रदेशको रामेछाप अस्पतालमा पनि भवन अभावमा प्लान्ट राख्न सकिएको छैन । सरकारले असार महिनाभित्रै प्लान्ट सञ्चालनमा ल्याउन अस्पताललाई ७५ लाख विनियोजन गरेको थियो ।
ललितपुरको पाटन अस्पतालमा स्वास्थ्य मन्त्रालय र ललितपुर महानगरपालिकाले बजेट विनियोजन गरे पनि अक्सिजन प्लान्ट जडान हुने टुंगो छैन । पुरानो निकालेर नयाँ प्लान्ट जडान गर्नुपर्ने भएकाले समय लागेको अस्पतालका निर्देशक डा। रवि शाक्यले बताए । यहाँ मन्त्रालय र महानगरको ३ करोड बजेटमा प्लान्ट जडान हुँदै छ । कान्तिपुरबाट