रोल्पा, २० साउन। रोल्पाको सुनिलस्मृति गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण गर्न थालेको छ ।
त्यसका लागि गाउँपालिकाको २ नम्बर वडामा पर्ने स्वर्गद्वारी महाप्रभुले स्नान गरेको लुङ्ग्री र माडी नदीको किनार चतुर्भूजमा तटीय पार्क निमार्ण गर्ने, सतिदेवीको अंग पतन भएको त्रिपुरेश्वरी मन्दिरको मूल मन्दिर पुनः निर्माण गरिएको छ ।
प्रदेश सरकारको ३०/३० लाख बजेटबाट पार्क र मन्दिर निर्माण सम्पन्न भएको सुनिलस्मृति गाउँपालिका–२ का वडाध्यक्ष नेत्रबहादुर गिरीले बताए ।
यस्तै, गाउँपालिकाको आफ्नै लगानीमा १ नम्बर वडामा पर्ने रातोमाटोमा पार्क बनाउने, खुङ्ग्रीकोट र गजुलकोट दरवारको संरक्षण गर्ने काम भइरहेको गाउँपालिकाले जानकारी दिएको अभियानमा खबर छ ।