Indrenionline.com

माधव नेपाललाई पार्टीमा कुनै ठाउँ छैन : ओली

काठमाडौँ, १६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई पार्टीभित्र कुनै ठाउँ नभएको फेरि दोहार्याएका छन् ।

यसअघि देखि नै नेपालले पार्टीविरुद्ध कार्य गरेको भन्दै पात्रर्टीभित्र कुनै ठाउँ नभएको अभिव्यक्ति दिदै आएका अध्यक्ष ओलीले फेरि आज शनिवार एमाले जिल्ला कमिटीको बैठकमा यस्तो बताएका हुन् ।

आफू नेतृत्वको सरकार ढलेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको दाबी गर्दै ओलीले त्यसो गर्न भूमिका खेल्ने, फ्लोर क्रस गर्ने नेपाललगायत केही सांसदहरूलाई ठाउँ नभएको बताए ।

बाटो बिराएका एमाले नेताहरू जो माधवकुमार नेपालको पक्षमा रहेका छन् उनीहरूलाई पार्टीमा ठाउँ भएको तर नेपाललाई भने कुनै ठाउँ नभएको बताए ।