बुटवल, १५ साउन । लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त भएका छन् ।
जसपा केन्द्रीय कार्यालयको निर्णयअनुसार तीन वटा पद मुक्त भएको प्रदेश सभा सचिवालयले जनाएको छ । उनीहरू तीनै जना मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारमा मन्त्री हुन् । पार्टीको निर्देशन नमानेको र प्रदेश सभामा पनि ह्विप नमानेको भन्दै जसपाले कारबाही गरेको हो ।