इन्द्रेणी संवाददाता
काठमाडौं, १४ साउन। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३६५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणका कारण सो अवधिमा १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ९ हजार ८०७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १ हजार ३७३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।