सन्तोषकुमार गुप्ता
भालुवाङ्ग २७ चैत
भालुुवाङ्गमा आज देखि सञ्चालन हुन लागेको न्यू ईएर टफी टी—12 नकाउट क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । नयाँ बर्ष २०७३ सालको अवसरमा प्रत्येक बर्ष झै यस बर्ष पनि देश व्यापी खुल्ला न्यू ईएर टफी टी—12 नकाउट क्रिकेट प्रतियोगिताका आयोजना गरिएको आयोजक संयुक्त युवा क्लव भालुवाङ्गले जानकारी दिएको छ ।
प्रतियोगितामा प्रथमलाई नगद २२ हजार २ सय २२ र दोस्रोलाई नगद ११ हजार १ सय ११ रुपैयाँ सहित प्रमाण—पत्र र अन्य पुरुस्कार समेत प्रदान गरिनेछ । आज बिहान ८ बजे उद्घाटन गरिने प्रतियोगितालाई भव्य तथा सभ्य बनाउन पत्रचार, सुरक्षा व्यवस्थापन, खेलमैदानको तयारी, स्वम्सेवक व्यवस्थापन लगायत आन्तरिक सम्पूर्ण तयारी पुरा भएको क्लबले जनाएको छ ।
प्रतियोगितामा प्रत्येक दिन चार वटा समूह बीच प्रतियोगिता गराईने क्लबले जनाएको छ । यसैबीच शनिबार हुने क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा उपस्थीत भई दिन स्थानिय राजनितिक दल, स्थानिय संघसंस्था, सम्बन्धि सरकारी तथा गैरसरकारी निकाय, सुरक्षाकर्मी, सञ्चारकर्मी, खेलप्रेमी सबैमा अनुरोध समेत गरेको छ । प्रतियोगिता नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङ्गको खेल मैदानमा हुने छ ।।