दाङ, २ साउन । सल्यानमा यो वर्ष ६७ करोडभन्दा बढिको कृषि जन्य वस्तुको निकासी भएको छ । जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार यस चालुआर्थिक वर्षमा ६७ करोड, १७ लाख, ७१ हजार बराबरको कृषिजन्य बस्तुको निकासी भएको हो ।
उहाँका अनुसार २२ लाख बराबरको विभिन्न जातको मकै, १ करोड १४ लाख बराबरको भटमास, ९ करोड ४५ लाख बराबरको टिमुर, र ४३ लाख बराबरको विभिन्न जातका विउ निकासी भएको छ ।।