गुल्मी, १३ साउन। गुल्मीमा भएको जीप दूर्घटनामा तीन जनाको मृत्यु भएको छ । बुधवार दिउँसो चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका–४ अन्तर्गत दोभान नजिकै दूर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
Photo file
दुर्घटनामा परी चालकसहित सातजना घाइते भएका र उनीहरुलाई उपचारका लागि एम्बुलेन्समार्फत गुल्मी अस्पताल तम्घास ल्याइँदैछ । दुर्घटनामा परी ज्यान गुमाउनेको अझै सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए ।
दूर्घटना भएको जानकारी पाएलगत्तै वामी, मजुवा र सदरमुकाम तम्घासबाट प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । दूर्घटनाको कारण भने खुल्न सकेको छैन । दूर्घटना भएको उक्त जीप सडकबाट तीन सय मिटर तल खसेको छ ।