काठमाडौं, १३ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६८ लाख ९३ हजार सात सय ७८ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा पुष्पलाल (मध्यपहाडी) लोकमार्गका तत्कालीन योजना प्रमुख विजय चापागाईँसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
ठेक्काका निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरि भेरिएशन हुनुपर्ने भन्दा फरक ब्यहोराको विवरण पेस गरिएको उल्लेख गर्दै आयोगले इस्टमेट विपरीत काम गराएको अनुसन्धानबाट खुलेको जानकारी दिएको छ ।
गलत विवरण तयार पारी बिल तयार पार्ने र भुक्तानी दिएर राज्यको स्रोतको दुरुपयोग गरेको आरोपसहित आयोगले आज मङ्गलवार मुद्दा दायर गरेको हो ।