काठमाडौं, ११ साउन । देशका धेरै ठाउँमा बुधवारसम्म झरी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
महाशाखाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।