काठमाडौं, ११ साउन । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकमा समसामयिक विषयमा छलफल भएको छ । शंखमूलस्थित एक पार्टी प्यालेसमा आइतबार अबेर दुई घन्टा छलफल भएको छ ।
बैठकमा वरिष्ठ नेता झलनाथ खनालबाहेक नेपाल समूहका स्थायी कमिटीका सबै नेता सहभागी थिए । खनाल भने भारतमा उपचाररत छन् । यसअघिको बैठकमा सहभागी नभएका उपाध्यक्ष भीम रावल पनि आइतबारको बैठकमा सहभागी भएका छन् नयाँ पत्रिकामा खबर छ।