Indrenionline.com

थप एक हजार ५४९ जनमा कोरोना पुष्टि, १८ जनाको मृत्यु

इन्द्रेणी संवाददाता
काठमाडौं, १० साउन । पछिल्लो २४ घण्टामा एक हजार ५४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा गरिएको दश हजार ५६९ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ५० जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट १८ जनाको मृत्यु भएको छ ।