Indrenionline.com

सरकारका काम प्रभावकारी बनाउन सत्तारुढ गठबन्धनको बैठक, नेपाल पनि सहभागी

काठमाडौं, १० साउन । सत्तारुढ गठबन्धनको बैठकमा सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम, सत्ता सहयात्रा र गठबन्धनको आगामी रणनीतिबारे छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए । नयाँ पत्रिकाबाट