Indrenionline.com

गण्डकीमा आज मन्त्रिपरिषद बिस्तार गर्ने तयारी

काठमाडौं, ८ साउन । जेठ २९ मा मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपालीले आज प्रदेशको मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

गण्डकीमा आज दिउँसो मन्त्रिमण्डल बिस्तार गर्ने कार्यक्रम छ। माओवादीबाट थप ३ जना मन्त्री हुँदैछन्। कांग्रेस संसदीय दलका नेता नेपालीले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका थिएनन्।

काठमाडौं आएर उनले गठबन्धनका दलसँग छलफल गर्दै मन्त्रिमण्डल बिस्तारमा सहजीकरण गरिदिन कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग आग्रह गरेका थिए।