काठामाडौं, ८ साउन । एमालेको केन्द्रीय कमिटीले पार्टी एकताको जिम्मा अध्यक्ष केपी ओलीलाई दिएको छ ।
पार्टी एकताका लागि आममाफी दिएर भए पनि धेरै व्यक्तिलाई समेट्ने प्रयास भइरहेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिएपछि विवाद झन चुलिदै गएको छ ।