इन्द्रेणी संवाददाता
काठमाडौं, ७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार यो संक्रमण दर २१ दशमलव १५ प्रतिशत हो । नेपालमा अहिलेसम्म ७ लाख २७ हजार १६९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ ।
त्यसैगरी थप १ हजार २८८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३७ हजार ६ सय ९० पुगेको छ । हाल नेपालमा सक्रिय सङ्क्रिमतको सङ्ख्या २७ हजार तीन सय ७५ रहेको छ ।