इन्द्रेणी संवाददाता
काठमाडौं, ६ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सुरू भएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सञ्चालनका लागि साझा कार्यक्रम बनाउनुपर्ने प्रस्ताव अघि सार्दै आएका छन् । त्यसबारे समेत माओवादी केन्द्रको बैठकमा छलफल हुने बताइएको छ ।