Indrenionline.com

रोल्पामा पर्माकल्चर विधिबाट तरकारीखेती

रोल्पा, ६ साउन । रोल्पामा पर्माकल्चर विधिबाट तरकारीखेती शुरू गरिएको छ । जिल्लाको सुनीलस्मृति गाउँपालिका–६ दलंगामा पर्माकल्चर कृषि समूह नै गठन गरेर यो विधिबाट तरकारीखेती शुरू गरिएको हो ।

पर्माकल्चर विधिमा कीटनाशक रासायनिक विषादीको प्रयोग नगरी टर्रो, तीतो, अमिलो र पिरो वस्तुलाई भाँडामा कुहाएर बनाइएको झोलमलको प्रयोग गरिन्छ ।

रासायनिक मलको सट्टा मिचाहा प्रजातिको झारपातलाई जलाएर बनाइएको कोइला अर्थात् ‘बायो ४’ लाई मलको रूपमा प्रयोग गरिन्छ । उक्त झोल र मलमा सूक्ष्म जीव जीवित रहने हुँदा उत्पादनमा वृद्धि हुने बताइएको छ ।