Indrenionline.com

२ हजार ४४५ जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्यु

इन्द्रेणी संवाददाता

काठमाडौं, ४ साउन । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

७ हजार ८ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ४२ जना र ३ हजार आठ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा ८०३ जना गरी २ हजार ४ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार २५८ जना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३३ हजार तीन सय ३२ जना पुगेको छ । यस्तै थप ३२ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।