Indrenionline.com

निरंकुश प्रवृत्तिको पराजय भयो : नेपाल

काठमाडौं, ४ साउन । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताएका छन्।

नेपालले संसद् बैठकपछि नेपाली जनताको जित भएको बताएका हुन्। जनता, लोकतन्त्र र संविधानको जित भएको उनको भनाइ थियो ।नेता नेपालसहित २२ जना एमाले सांसदहरूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए।