काठमाडौं, ३ साउन । पछिल्लो समय सबै जिल्लामा निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । निषेधाज्ञा खुकुलो बनाउँदै लगिए पनि विद्यालयहरुमा प्रत्यक्ष रुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न रोक लगाईएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भने अहिले नै विद्यालय प्रत्यक्ष रुपमा खोल्न नसकिने बताएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले अहिलेनै शिक्षा मन्त्रालयले विद्यालय खोल्न सक्ने अवस्थामा नरहेको बताए ।
कोरोना संक्रमण दर पनि अपेक्षाकृत रुपमा नघटेको र बालबालिकाले खोप पनि लगाउन नपाईराखेको अवस्थामा विद्यालयमा भौतिक रुपमा पठनपाठन संभव नरहेको प्रवक्ता शर्माको भनाइ छ ।