Indrenionline.com

काम छाडेर चाकडी गर्न नआउनुहोला : अर्थमन्त्री शर्मा

cy{dGqL zdf{ sfo{qmddf ;xefuL x'Fb} sf7df8f}F, #) c;f/ M gjlgo'Qm cy{dGqL hgfb{g zdf{ a'waf/ cy{ dGqfnodf cfkmgf] kbef/ u|x0fkl5 cfof]lht sfo{qmddf ;xefuLx? . t:jL/ M /Tg >]i7÷ /f;;

काठमाडौं, ३० असार । नवनियुक्त अर्थ मन्त्री जनार्दन शर्माले कर्मचारीहरूलाई काम छाडेर चाकडी गर्न नआउन आग्रह गरेका छन् ।

अर्थ मन्त्रालयमा बुधवार पदभार ग्रहणपछि कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा अर्थ मन्त्री शर्माले मन्त्री र कर्मचारीबीच कुनै दुरी नचाहेको भन्दै चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गरेका हुन् ।

आफू देशका लागि केही गर्ने उद्देश्यका साथ आएको बताउदै उनले मन्त्रालयमा मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हिँड्ने आफ्नो प्रतिबद्धता रहेको बताए ।