इन्द्रेणी संवाददाता
काठमाडौँ, २८ असार । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दुई दिनभित्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ ।
गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । साथै आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोकिएको थियो । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने छ ।