इन्द्रेणी संवाददाता
दाङ १२ चैत्र वावुको सँघर्षलाई छोराको आँखाले हेरिएको उपन्यास कर्णाली व्लुज लेखेर नेपाली साहित्यमा नयाँ तरङ्ग ल्याएका युवा आख्यानकार वुद्धिसागर दाङ्ग आउने भएका छन् । उनी आफ्नो दोश्रो कृति फिरफिरेको चर्चा र पाठकसँग प्रत्यक्ष संवाद गर्नका लागि चैत्र १५ गते दाङ्ग आउन लागेका हुन् । लेखक र कृतिका वारेमा निरन्तर अन्तक्र्रिया गर्दै आएको मदानी साहित्य समुह नेपालको आयोजनामा हुने कार्यक्रममा उनले फिरफिरे र आफ्नो लेखनी यात्राकोे वारेमा पाठकसँग प्रत्यक्ष छलफल गर्ने मदानीका संयोजक वसन्त विवश आचार्यले वताए ।