इन्द्रेणी संवाददाता
अमेरिकाले नेपालाई प्रदान गरेको जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप सोमबार नेपाल आउने भएको छ । सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार आठ सय ५० डोज खोप नेपालमा आउने भएको हो ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले शुक्रबार नेपाललाई अमेरिकाले १५ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिएका छन् ।
