काठमाडौं, १७ असार । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूह भालि बस्न लागेको केन्द्रीय कमिटीको बैठकमा नजाने भएको छ ।

महाधिवेशन आयोजक कमिटीका नाममा पदाधिकारी थप्ने र विभिन्न निर्णय गरेको भन्दै त्यस्ता निर्णय खारेज गर्न नेपाल–खनाल समूहले माग गरेको छ । नवौँ महाधिवेशनअनुसार र पार्टीको विधानअनुसार बैठक बोलाउन यो समूहले माग गरेको छ ।
बैठकमा एमालेले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाललाई पनि निम्तो पठाएको छ ।