Indrenionline.com

विपन्न परिवारलाई खाद्यान्न सहयोग

इन्द्रेणी संवाददाता
दाङ । मेची महाकाली युवा अभियान/एक व्यक्ती एक रुपैयाँ अभियानले घोराही उप-महानगर पालिका-१८,ढोडेनी र लमही न.पा.-१८,अर्जुनखोलामा बस्ने ११ घरपरिवारलाई राहत सामाग्री वितरण गरेको छ । लकडाउनका कारण समस्या परेका ती अति विपन्न परिवारहरुलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको थियो ।
यश कार्यक्रमलाई इजरायल निवासी समाजसेवी सुनिता गुरुङले १५ हजार आर्थिक सहयोग गर्नुभएको अभियन्ता ममता मानवसेवाले बताउनु भयो ।