Indrenionline.com

नेपाल मनसुनी चार महिना संक्रिय हुने

इन्द्रेणी संवाददाता
काठमाडौं, २१ जेठ । यसवर्ष नेपालमा चार महिनासम्म मनसुन सक्रिय रहने अनुमान गरिएको छ । जेठ ३० गतेसम्म मनसुन नेपाल आइपुग्ने र त्यो करिव चार महिनासम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा आउने मनसुनी प्रणाली भारतको केरलामा आइपुगेको छ । नेपालमा आउने मनसुनी प्रणाली बंगालको खाडीमा विकास भएर हिजो बेलुका भारतको केरलामा आइपुगेको मौसमविद्प्रहरुले बताएका छन् ।

यस वर्षको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बादल लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा रहेको छ ।