Indrenionline.com

उपेन्द्र यादवद्धारा महन्थ ठाकुरसहित चार जनालाई पार्टीबाट निष्काशन

काठमाडौं, १८ जेठ । दुई ध्रुर्वमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार जनालाई कारवाही गरेको छ ।

अध्यक्ष यादवले ठाकुरसहित चार जनालाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाएका छन् । ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र यादवले निर्वाचन आयोगमा पठाएलगत्तै ठाकुरले पनि यादवको नाम हटाउन आयोगलाई पत्र पठाएका छन् ।

ठाकुरले निर्वाचन आयोगलाई पठाएको पत्रमा यादवलाई पार्टीको विधानअनुसार अनुशासन कारबाही भइ साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ ।त्यस्तै यादव पक्षले ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरिएको व्यहोरासहितको पत्र निर्वाचन आयोगमा पठाएको छ।