काठमाडौं, १८ जेठ । विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा आज दिउँसो निधन भएको हो ।
कोभिड–१९ बाट सङ्क्रमित थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । थापालाई श्वासप्रश्वासको समस्या भएपछि ह्याम्स अस्पताल भर्ना गरिएको थियो । निमोनियाका कारण थापाको फोक्सोमा सङ्क्रमण फैलिएको डाक्टरले बताएका थिए । कोरोना भाइरसको सङ्क्रमण भएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यसपछि ह्याम्सबाट ग्राण्डी अस्पताल रिफर गरिएको थियो ।
गएको शुक्रवार थापालाई ग्राण्डीबाट नेपाल मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । मेडिसिटीमा इक्मो प्रविधिबाट उनको उपचार भइरहेको थियो ।