काठमाडौं, १६ जेठ। जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । अहिले पार्टीभित्र एकले अर्कालाई स्पष्टीकरण सोध्ने होडबाजी नै चलेको छ । एकअर्कालाई चितबुझ्दो जवाफ नदिएमा कारबाही गरिने चेतावनीयुक्त स्पष्टीकरण सोधिए पनि कसैले कसैको जवाफ दिएका छैनन् ।
यस्तै यादवले शनिबार नै अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लसँग स्पष्टीकरण सोधेका छन् । यसअघि तीन दिनभित्रमा जवाफ पेस गर्नु भन्दै यादवले यी चारै जना नेतासँग स्पष्टीकरण सोधेका थिए । शुक्रबारभित्रमा जवाफ पेस गर्नुपर्ने भए पनि कसैले जवाफ नदिएपछि यादवले पुनः स्पष्टीकरण सोधेका छन् ।