Indrenionline.com

बृद्धभत्ता मासिक ४ हजार पुग्यो

काठमाडौं, १५ जेठ । सरकारले ज्येष्ठ नागरिकले पाउने बृद्धभत्ता बृद्धि गरेको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको जानकारी दिएका छन् ।

सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताएका छन् । बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ ।