Indrenionline.com

आज अध्यादेश मार्फत बजेट आउदै

इन्द्रेणी संवाददाता 

नयाँ आर्थिक बर्ष २०७८/०७९ को बजेट आज जेठ १५ गते गणतन्त्र दिवसका दिन आउदैछ । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार बजेट अध्यादेश सिफारिस गरि बजेट ल्याउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार बजेटका सबै दस्ताबेजलाई शुक्रबार अबेर राति अन्तिम रूप दिएर शनिबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठकमा पेस गरिँदै छ ।

मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ ।