सन्तोष दहित
चैत २६, घोराही । यहि बैशाख ३ र ४ गते दाङको घोराहीमा हुन गइरहेको राष्ट्रिय स्तरको ‘थारु साहित्यिक मेला– २०७३’ को तयारी तिव्र रुपमा अगाडी बढिरहेको छ । ‘मातृ भाषालाई माया गरौै, थारु साहित्यक वृहत बहसमा सहभागी होऔं ’ भन्ने मुल नाराका साथ मेलाको आयोजना गरिदै छ । थारु भाषा तथा साहित्यक मञ्च, हर्चाली समुहको आयोजनामा तथा लौव अग्रासन साप्ताहिक, लावा डगर त्रैमासिक लगायत संघसस्थाको सहआयोजनामा मेलाको आयोजना गरिदै छ । यसैविच मेलाको तयारीको विषयम मेला मुल आयोजक व्यवस्थापन समितिका संयोजक माधव चौधरीको अध्यक्षतामा शुक्रबार घोराहीमा रहेको सम्पर्क कार्यालयमा बैठक बसेको छ । बैठकमा मेलाको तयारीको लागि गठन गरिएको विभिन्न उपसितिका संयोजकहरुसंग तयारीको विषयमा छलफल गरेको हो ।
![xf]d:6]df g[To s~rgk'/sf] eLdbQgu/kflnsf!^ gofF a:tLdf ;~rflnt /fgf yf? xf]d:6]df cfuGt's kfx'gfnfO{ yf? g[To b]vfpFb} o'jtL . tl:a/ M z]/axfb'/ l;+x, s~rgk'/, /f;;](http://indrenionline.com/wp-content/uploads/2016/04/tharu.jpg)
s~rgk’/sf] eLdbQgu/kflnsf!^ gofF a:tLdf ;~rflnt /fgf yf? xf]d:6]df cfuGt’s kfx’gfnfO{ yf? g[To b]vfpFb} o’jtL . tl:a/ M z]/axfb’/ l;+x, s~rgk’/, /f;;