Indrenionline.com

कोरोनाका बिरामी आउने चाप घटेको छ-ओली

केशरमान बुढाथोकी

कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा आज कोरोनाका बिरामी आउने मात्रा घटेको  कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोण ओलीले जानकारी दिए ।

बिगत १/२ हप्ता अघाडी अत्याधिक मात्रामा बिरामी आउने गरेकाले उपचारका लागि बेड र अक्सिजन अभावले थिलोथिलो भएको अस्पतालमा हाल बिरामीको संख्या घटेपछि राहत महसुस गरिएको छ ।

बिगतलाई स्मरण गर्दै व्यवस्थापक ओली भन्छन –”गत एक हप्ता अगाडी बिरामीको अत्याधिक चाप थियो । त्यतिकै मात्रामा फोन आएर अस्पतालको बारेमा बुझ्ने र बेड खालि नभएपनि बिरामीहरु लगातार आइरहेकाले निकै कस्ट थियो । तर हिजो आज बिरामीको संख्या घट्दै गएको महसुस गरिएको छ ।

बिगत ३/४ दिन अगाडी सम्म दैनिक १०/१२ जनाको मृत्यु हुने दाङ आज मृत्युदर शुन्यमा झरेको छ । यसैगरी नयाँ आउने बिरामीको संख्या घटेपनि हाल अस्पतालमा अलि बढी शिरियस बिरामी मात्र रहेका छन् ।

कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यावस्थापक द्रोण ओलीका अनुसार आइसियु बेड १५, एचडीयु बेड ६० र जनरल २५ बेड गरि जम्मा १०० बेड रहेको अस्पतालमा हाल जनरल बेड २५ र अक्सिजन सहितका २१ गरि ४६ बेड खालि रहेकाछन् । यसरी बिरामीको संख्या घट्नु निकै खुसीको कुरा हो ।