Indrenionline.com

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा पेसी तोकियो

काठमाडौं, १२ जेठ। प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको पेसी तोकिएको छ । जसका लागि १९ ओटा रिटको बिहीबार र ११ रिटको पेसी शुक्रबारका लागि तोकेको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा ११ वटा संवैधानिक इजलासका लागि र १९ साधारण इजलासमा रिट परेको सर्वोच्च सहप्रवक्ता देवेन्द्र ढकालले बताएका छन् ।

११ रिटको शुक्रबार संवैधानिक इजलासमा पेसी तोकिएको छ । भोलि बिहीबार १९ रिटको एकल इजलासमा सुनुवाइ हुनेछ । सर्वोच्च एकल इजलासले व्याख्या गर्न आवश्यक देखेमा संवैधानिक इजलासमा पठाउन सक्नेछ ।