Indrenionline.com

प्युठानमा आमा, छोरी र छोरा झुण्डिएको अबस्थामा मृत फेला

दाङ, ११ जेठ । प्युठानमा एकै परिवारका तीन सदस्य मृत अवस्थामा भेटिएका छन् ।

स्वर्गद्वारी नगरपालिका वडा नं. ९ की अन्दाजी ३२ वर्षीया गायत्री सुनार, सात वर्षीया छोरी र तीन वर्षीय छोराको शव प्युठान नगरपालिका वडा नम्बर १ चेरनेटा जङ्गलमा सालको रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सोमवार दिउँसो माइतीमा आमा भेट्न जान्छु भनेर हिँडेकी गायत्री र छोराछोरीको शव झुन्डिएको अवस्थमा भेटिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुनिल मल्लले जानकारी दिएकाछन् । एउटै रुखमा तीनै जना अलग अलग डोरीमा झुन्डिएको देखिएको प्रहरीले जनाएको छ ।

दाङमा पनि दुई जना मृत भेटिए

यस्तै दाङमा पनि दुई जना मृत अवस्थामा भेटिएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ७ सुकवारका अन्दाजी २९ वर्षीय रेखबहादुर घर्तीसँगै एक महिला झुन्डिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । गएको शनिबार घरबाट निस्किएका घर्तीको शव केही पर आँपको रुखमा झुन्डिएको अवस्थामा आज भेटिएको हो ।