Indrenionline.com

नेपाल-खनालसहित ११ जना एमालेबाट निष्काशन

काठमाडौं, १० जेठ । काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापना हस्ताक्षर गरेर पार्टी गतिविधि विरुद्ध गरेको भन्दै नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

आज सोमबार बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले नेपाल, खनालसहित स्पष्टीकरण सोधिएका ११ नेतालाई पार्टीबाट निष्काशन गरेको हो ।

एमालेले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पार्टी सदस्य नै नरहने गरी निष्काशन गरिएको जनाएको छ । बैठकले थप १२ जनालाई भने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।