काठमाडौं, ७ जेठ । सार्वजनिक पद धारण गरेका व्यक्तिले पद तथा गोपनीयताको शपथग्रहण गर्दा अब ‘प्रतिज्ञा’ गर्न नपर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको ३१ वैशाखको शपथग्रहण विवादमा तानिएपछि सरकारले बिहीबार शपथसम्बन्धी अध्यादेश, २०७८ जारी गरेर ‘प्रतिज्ञा’ शब्द नै हटाएको छ ।
‘यसअघि शपथसम्बन्धी कानुन नहुँदा ३१ वैशाखमा समस्या भयो, प्रधानमन्त्री शपथग्रहण गर्दा विवादमा तानिनुभयो,’ कानुनमन्त्री लीलानाथ श्रेष्ठले भने, ‘त्यही भएर अध्यादेशमार्फत कानुन ल्याएका हौँ ।’
संशोधित शपथको ढाँचामा ‘।।।कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह नराखी, खराब भावना नलिई इमानदारीका साथ पालना गर्नेछु’ भन्ने शब्द राखिएको छ । यसअघि ‘।।।पालना गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने शब्द थियो नयाँ पत्रिकामा खबर छ।