Indrenionline.com

अक्सिजन वितरणको जिम्मा स्वास्थ्य मन्त्रालयले लियो

काठमाडौं, ३१ वैशाख । काठमाडौं उपत्यकामा अक्सिजन सिलिण्डर वितरणको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लिएको छ । अक्सिजन सिलिण्डर वितरण प्रक्रिया कठिन भएको भन्दै सिसिएमसीले शुक्रबारदेखि मन्त्रालयबाट वितरण हुने भन्दै सूचना जारी गरेको छ।

यसअघि सिसिएमसीले वितरण गर्दै आएपनि अब अक्सिजन सिलिण्डर मागको आपुर्ती मन्त्रालयबाटै हुने गरी निर्णय गरेको सिसिएमसी सचिवालयका सहसचिव नुरहरी खतिवडाले जानकारी दिएका छन् ।