केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त, आज शपथ लिदै
इन्द्रेणी समाचारदाता
इन्द्रेणी संवाददाता
काठमाडौं, ३१ बैशाख । नेकपा एमाले अध्यक्ष एवं प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भएपछि कामचलाउ प्रधानमन्त्री भएका केपी शर्मा ओली फेरि प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले वहुमतको सरकार गठनका लागि दिएको समयमा विपक्ष तथा अन्य दलहरुले सरकार गठन गर्न नसकेपछि संसदको ठूलो दलको हैसेतबाट ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्री ओलीले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । ओलीले आज दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिन कार्यक्रम रहेको छ ।