Indrenionline.com

आज ८८४२ जनामा कोरोना संक्रमण पुष्टि, २१४ जनाको मृत्यु

काठमाडौं, ३० बैशाख। नेपालमा आज बिहीवार ८ हजार ८४२ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १९ हजार ४७४ पीसीआर र ७७१ एन्टिजेन परीक्षणमा आठ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कारोना संक्रमण पुष्टि हुनेको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको छ । तीमध्ये ९६ हजार ३७९ जना होम आइसोलेसनमा र ८ हजार ८२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

संस्थागत आइसोेलेसनमा रहेकामध्ये एक हजार ३८१ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट २१४ जनाको ज्यान गएको छ ।