काठमाडौं, ३० बैशाख । नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज सकिँदैछ ।
३२ जना सांसद रहेको जनता समाजवादी पार्टी दुई खेमामा विभाजित हुँदा गठबन्धनको नयाँ सरकार बन्ने सम्भावना कम हुँदै गएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफूहरु नयाँ सरकारमा नजाने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत पत्र लेखिसेकेका छन् ।
कांग्रेस, माओवादी केन्द्र, राजपाको उपेन्द्र यादव र नेता बाबुराम भट्टराईको समूह मिल्दा समेत वहुमत पुग्न नसकेपनि सरकार गठनमा सकस भएको छ । सरकार गठनमा सकस भएपछि नेकपा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरुलाई राजीनामा दिएर पनि सरकार बनाउने दाउमा छन् दलहरु ।
जसपाले साथ नदिएपछि कांग्रेस सभापति देउवाले नेकपा एमालेको माधव नेपाल पक्षको साथ खोज्न थालेका छन् । नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएकाले राजीनामा दिएर नयाँ सरकार गठनमा कांग्रेस र माओवादीलाई सहयोग गर्ने आँकलन गरिएको छ ।