काठमाडौं, २८ बैशाख । नेपालमा कोरानाबाट आज एकैदिन २२५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २२५ जनाको ज्यान गएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या अहिलेसम्मकै उच्च हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ३१६ नमुना परीक्षण गर्दा ९४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ेयससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।