Indrenionline.com

अक्सिमिटरमा कालोबजारी गर्ने सात जना पक्राउ

काठमाडौं, २८ बैशाख । कोरोना महामारीको मौका छोपी अक्सिमिटरको कालोबजारी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, महानगरीय अपराध अनुसन्धान महाशाखा र औषधि व्यवस्था विभाग तथा वाणिज्य विभागको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बल्खुमा रहेको बायोप्लस फर्माका सञ्चालक शिखर श्रेष्ठ, थापाथलीमा रहेको नानोटेक फर्माका सञ्चालक शेषकान्त अधिकारी, बाजुरा घर भएका थुमराज उपाध्याय, सुनसरी घर भएका पुष्कर घिमिरे, विराटनगरका विशाल आचार्य, सिन्धुलीका सन्तोष भण्डारी र भारतीय नागरिक जगदीश प्रसाद रानासरिया रहेका महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उनीहरुले सात सय पर्ने अक्सिमिटर २२ सयसम्ममा वेचेको आरोप छ । टोलीले उनीहरूको साथबाट सात सय ६५ थान अक्सिमिटर समेत बरामद गरेको छ ।

कोरोनाको सङ्क्रमण बढ्दै जाँदा बजारमा अक्सिमिटरको माग पनि बढेको छ । अक्सिमिटर शरीरको पल्स र अक्सिजनको मात्रा नाप्न प्रयोग गरिन्छ ।