यातायात व्यवस्था कार्यालय राप्तीले मोटरसाइकल चालक अनुमति पत्रका लागि आजदेखी लिखित परिक्षा गर्ने तयारी गरेको छ । तुलसीपुरको गोर्खा वोडिङ स्कुलमा विहान ८ वजेदेखि अपरान्ह ३ वजे सम्मका लागि परिक्षाको समय निर्धारण गरिएको यातायात व्यवस्था कार्यालय राप्तीका प्रमुख अच्युत दाहालले जानकारी दिनु भयो ।
लिखित परिक्षामा आवेदन दिएकाहरुलाई निर्धारित समयमा तोकिएको स्थानमा परिक्षा दिन कार्यालय प्रमुख दाहलले सवै सहभागिलाई आनुरोध गर्नु भएको छ । ०७२ माघ पछि हाल ०७३ वैशाखमा सवारी चालक अनुमति पत्रको आवेदन आह्वान गरिएको हो ।।