काठमाडौं, २१ बैशाख । नेपालमा आज एकैदिन सात हजार ५८७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १६ हजार १३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ५८७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मछिल्लो २४ घण्टामा एक हजार ७७५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हाल २५३ जना क्वारेन्टिनमा छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । नेपालमा हालसम्म कोरोनाबाट कुल तीन हजार ४१७ जनाको मृत्यु भएको छ । चौबीस घण्टामा दत्र्ता गरिएको मृतकको संख्या अहिलेसम्मकै उच्च हो ।